चीनमा भर्खरै निर्माण भएको पुल भाँचिएको छ।
चीनको उत्तरपश्चिम सिचुवान प्रान्तको तीब्बत जोड्ने मुख्य राजमार्गको हुङ्ची पुलको एक भाग भाँचिएको हो।
पहाडी इलाकामा रहेको ७५८ मिटर लामो पुलको एकातिरको भाग भाँच्चिएको भयानक दृश्यसहितका भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
पुल भाँचिदा धुलो र माटोको बादल आकाशमा फैलिएको थियो।
भाँचिएका कंक्रिट र धातुका टुक्रा पुल तलको खोलामा खसेका छन्। केही भाग झुण्डिएकै अवस्थामा छन्।
पुल खसेपछि सडकको भागलाई पनि क्षति पुर्याएको छ। पहाडी भूभागमा ठूलो पहिरो समेत खसेको छ।
घटनामा अहिलेसम्म कसैको मृत्यु भएको विवरण सार्वजनिक भएको छैन।
उद्धार टोली र स्थानीय अधिकारीहरू हेलिकप्टर, ड्रोन र सुरक्षा गियरसहित घटनास्थलमा परिचालित छन्। सुरक्षित मार्ग सुनिश्चित गर्दै र घाइते वा फसेका व्यक्तिहरूको खोजीमा जुटेका थिए।
उक्त पुलमा सोमबार चिरा परेको देखिएको थियो।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्